धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

भारतबाट आउँदा बाटोमै बेहास भएका बिकेको अस्पतालमा मृत्यु

अस्पतालको इमरजेन्सीमा उपचार भैरहेकै  बेला डोटीको आदर्श गाउँपालिका वाड नं ७ का ७५ बर्षका  गर्भे बिको मृत्यु भएको छ

धनगढी

    भारतबाट फर्किने क्रममा बिरामी भएर सेती प्रादेशिक अस्पताल गएका एक जनाको मंगलबार मृत्यु भएको छ । अस्पतालको इमरजेन्सीमा उपचार भैरहेकै  बेला डोटीको आदर्श गाउँपालिका वाड नं ७ का ७५ बर्षका  गर्भे बिको मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

   भारतको तमिलनाडुबाट फर्किएका बिके  त्रिनगर नाकाबाट नेपाल भित्रिने क्रममा बेहोस भएपछि सेती प्रादेशिक अस्पताल पुगेका थिए । अस्पतालको उपचारकै क्रममा बिकेको मृत्यु भएको इमरजेन्सी प्रमुख कृष्ण बोहराले बताए ।बिके दम, प्रेसर र मृगौलाको ुमस्याबाट पीडित रहेको अस्पतालले जनाएको
छ ।

  अस्पतामा अउपचारअघि गरिएको आरडीटी परिक्षणमा नेगेटिभ आएकोले उनको पीसीआर परिक्षण नगरिने भएको छ ।

 


ट्रेन्डिङ