धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

निर्मला हत्या प्रकरण्मा मुछिएका एसपी विष्टसहित ८ प्रहरीले सफाइ  पाए

निर्मला हत्या प्रकरण्मा मुछिएका एसपी विष्टसहित ८ प्रहरीले सफाइ  पाए

धनगढी

 निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टसहित आठैजना प्रहरीले सफाई पाएका छन् । जिल्ला अदालत कञ्चनपुरले आजै उक्त फैसला सुनाएको छ ।

 तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो ।

सोही मुद्दामा उनीहरु सबैले सफाइ पाएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिएका छन् । उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी गरेकी थिइन् ।

 यसअघि तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख, डिएसपी अंगुर जिसी पनि ९ लाख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का ९-९ लाख, प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।


ट्रेन्डिङ