धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कैलालीमा लागुऔषधसहित तीन युवक पक्राउ

कैलालीमा लागुऔषधसहित तीन युवक पक्राउ

धनगढी । कैलालीमा लागुऔषधसहित तीन जना युवक पक्राउ परेका छन। जिल्लाको गोदावरी नगरपालिका–८ स्याउलेका तीन युवक लागुऔषधसहित पक्राउ परेका हुन।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले २६ वर्षीय सुरेन्द्र कटुवाल, १९ वर्षीय पुन विक र २२ वर्षीय करन गुरुङ लागुऔषधसहित पक्राउ परेका बताएको छ।

उनीहरूको साथबाट नौ सय मिलिग्राम लागुऔध बरामद गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलाली र लागुऔषध नियन्त्रण ब्युरो, शाखा धनगढीको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले बताएको छ।


ट्रेन्डिङ