धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

धनगढीमा एक युवती मृत फेला

धनगढीमा एक युवती मृत फेला

धनगढी । कैलालीको धनगढीमा एक युवती मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार बस्ने बैतडीको दोगडाकेदार गाउँपालिका-२ घर भएकी २२ वर्षीया चाँदनी चन्द मृत फेला परेकी प्रहरीले बताएको छ ।

उनी बुधबार बिहान भेल्लरको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मृतक चन्द विवाहित रहेको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 
 


ट्रेन्डिङ