धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कञ्चनपुरमा भारतीय ६ लाख ८८ हजारसहित एक पक्राउ

कञ्चनपुरमा भारतीय ६ लाख ८८ हजारसहित एक पक्राउ

धनगढी । कञ्चनपुरमा भारतीय ६ लाख ८८ हजारसहित एक जना पक्राउ परेका छन। जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौक सीमा क्षेत्रबाट स्रोत नखुलेको ६ लाख ८८ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका हुन।

सीमा सुरक्षा गुल्म गड्डाचौकी र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले माघ १७ गते  नियमित जाँचका क्रममा उक्त रकमसहित एक जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय रकमको वैध स्रोत पुष्टि हुन नसकेपछि आवश्यक कारबाहीका लागि पक्राउ परेका व्यक्तिलाई राजस्व अनुसन्धान कार्यालय, कोहलपुर बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।


 


ट्रेन्डिङ