धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कैलालीमा अवैध काठसहित तीन जना पक्राउ

कैलालीमा अवैध काठसहित तीन जना पक्राउ

धनगढी । कैलालीमा अवैध काठसहित तीन जनालाई पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका–७ मटकौनाबाट ५७ दशमलव शुन्य ८ क्युफिट बराबरको चार गोलिया सालको काठसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

पक्राउ पर्नेमा मटकौनाका ५७ वर्षीय दिनेश चौधरी, ४१ वर्षीय निर्मल डगौरा थारु र ५४ वर्षीय सिताराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले बताए।

उनीहरुले  ६८ हजार ४९६ मुल्य बराबरको काठ गौरीगंगा साझेदारी वनबाट अवैध रुपमा ल्याएर दिनेश चौधरीको घरमा लुकाएको अवस्थामा बरामद गरिएको डीएसपी बोहराले बताए। पक्राउ परेका तीनै जनालाई सव डिभिजन वन कार्यालय मसुरियामा बुझाइएको प्रहरीले जनाएको छ।


 


ट्रेन्डिङ