धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

नेपाल पत्रकार महासंघ बझाङका अध्यक्षमाथि चक्कु प्रहार

नेपाल पत्रकार महासंघ बझाङका अध्यक्षमाथि चक्कु प्रहार

बझाङ । नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंह माथि चक्कु प्रहार भएको छ। 

गए राति करिब साढे ११ बजे सदरमुकाम चैनपुर नजिक रहेको देविस्थान होटलमा बोलाएर विनोद कठायतको समूहले सिंहमाथि आक्रमण गरेको बताइएको छ।

घटनामा सिंहको आँखा माथिल्लो भागमा गम्भीर चोट लागेको छ। उनलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको छ।

बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार घटनामा संलग्न तीन जना—२९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। 

पीडित सिंहले होटलमा बोलाएर समूहले आफूमाथि चक्कु प्रहार गरेको बताएका छन्। 


ट्रेन्डिङ