धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

जनकल्याण इङलिश बोर्डिङ स्कुलको बार्षिकोत्सव सम्पन्न

जनकल्याण इङलिश बोर्डिङ स्कुलको बार्षिकोत्सव सम्पन्न

धनगढी । जनकल्याण इङलिश बोर्डिङ स्कुल गोदावरी ३ को २६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मंगलवार सम्पन्न भएको छ ।

सो अवसरमा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाले  देशको शिक्षामा निजी क्षेत्रले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताइन् । गुणस्तरिय शिक्षाका लागि निजी क्षेत्रले पुरयाएको योगदानको चर्चा गर्दै प्रदेश सभा सदस्य देवकोटाले अत्तरिया क्षेत्रमा जनकल्याणले  स्तरिय शिक्षाको जग बसालेको बताइन् ।

प्रदेश सभा सदस्य खेमा बिष्टले  निजी क्षेत्रको उपस्थितिले गुणस्तरिय शिक्षाको माहौल बनेको बताइन् ।  निजी क्षेत्रको योगदानको कदर गर्दै  राज्यले  सहज वातावरण बनाउनु पर्ने बिष्टले बताइन् ।

ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले संस्कृतिको बिकासमा पनि शिक्षाको महत्वपुर्ण भुमिका रहेको बताउँदै जनकल्याणले  गुणस्तरिय शिक्षामा आफुलाई अब्बल सावित गरेको बताए ।

बिद्यालयकी संचालक दिपिका कुवर हमालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख ऐर,  स्टेपिङ स्टोनका फाउण्डर प्रिन्सिपल रामजी हमाल, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, अभिभावक पदम बलायर, कक्षा १० की बिद्यार्थी रेनुका बलायर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा बिद्यालयको बार्षिकोत्वमा आयोजित बिभिन्न प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो ।  बिद्यार्थीहरुले गीत, नृत्य एव अन्य प्रतिभा प्रस्तुत गरेका थिए ।

 

 


ट्रेन्डिङ