धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

बैतडीमा एक जना मृत फेला

बैतडीमा एक जना मृत फेला

बैतडी । बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका–८ स्थित आरुबाटा भीरमा बिहिवार अन्दाजी ४० वर्षीय एक पुरुषको शव फेला परेको हो।

बिहीबार विद्यार्थीहरूले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त शव कसको हो भन्ने कुरा अहिले सम्म खुल्न नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेय बताए।


ट्रेन्डिङ