धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

३ किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा १४ बर्षिया तीन किशोरीमाथि जवरजस्तीकरणी गरेर फरार भएका चार जनालाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको छ।

३ किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

कैलाली

    जिल्ला प्रहरी कार्यालय कैलालीले तीन किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। आज बिहान टीकापुर नगरपालिका वडा नम्वर १ स्थित रानी कुलो किनारमा १४ बर्षिया तीन किशोरीमाथि जवरजस्तीकरणी गरेर फरार भएका चार जनालाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीको टोलीले पक्राउ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए।

      प्रहरीले टीकापुर नगरपालिकाका १८ बर्षीय सन्दिप ठकुल्ला, २१ बर्षीय दिपक बुढा, १९ बर्षीय डम्बर ठकुल्ला र २० बर्षीय दिपक ठकुल्लालाई पक्राउ गरेको हो।

     कैलाली जिल्ला अदालतबाट ७ दिनको म्यादथप गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक विष्टले बताए।


ट्रेन्डिङ