धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

कैलालीबाट भन्सार छलीका सामान बरामद

कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ बिशाल नगर, धनगढी उपमहानगरपालिका–७ मनेहरा शिविर नजिक, धनगढी उपमहानगरपालिका–१९ खेदाघाट, गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिक र कैलारी गाउँपालिका–३ शिवरत्नपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ४६ हजार ८७० बराबरको सामान जफट गरिएको हो।

उक्त स्थानबाट प्याज, चिनी, बिडी, सुर्ती, पेन्ट, साबुन, पटाका, मिठाई, बिस्कुट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 


 


ट्रेन्डिङ