धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा बाढीले बगाएका तीनै जनाको शव भेटियो

कैलालीमा बाढीले बगाएका तीनै जनाको शव भेटियो

धनगढी
 कैलालीको भजनीमा बाढीले बगाएर वेपत्ता भएका तीनै जनाको शव भेटिएको छ । 
 बाढीमा बगेर मृत्यु हुने मध्य भजनी नगरपालिका ८ का चक्र बहादुर बिकको शव आज दिउँसो पत्ता लागेको छ । उनि संगै वेपत्ता भएका इश्वर शाहको शव बिहीबार फेला परेको थियो ।

 बाढीमा बगेर मृत्यू भएका तेश्रो व्यक्ति स्केल चौधरीको शव आज बिहान पत्ता लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।  
अविरल बर्षा संगै आएको बाढीमा ६ जना बगेकोमा ३ जनालाई भने बुधबार नै जीवितै उद्धार गरिएको थियो ।
 


ट्रेन्डिङ