धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

कैलालीबाट भन्सार छलीका सामान बरामद

कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीमा भन्सार छलीका बिडी र सुर्ती लगायतका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, माछा पोखरी, धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँ, गोदावरी नगरपालिका–४ गोदावरी हनुमान मन्दिर नजिक र भजनी नगरपालिका–८ खैराबाट बरामद गरिएको हो ।

भन्सार छलीका अन्दाजी एक लाख ३५ हजार ४५० बराबरको बिडी, सुर्ती, चक्लेट, मुगफली, धाराको टुटी, मिठाई, पेय पदार्थ लगायतका सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 


ट्रेन्डिङ