धनगढी पोष्ट आइतबार, ०४ माघ २०८२   January 18, 2026

खुडे ओठको उपचार निसर्ग हस्पिटलमा

धनगढी

  डोटीको आदर्श गाउँपालिकाकी राधीकाकुमारी खड्काले नौ महिना पहिले सन्तानको रुपमा छोरीलाई जन्म दिइन । सन्तान जन्मिएको खुशीभन्दा छोरीको माथिल्लो ओठको बिचमा चिरा परेको देखेपछि खड्का दम्पती निकै चिन्तित भए । राधिका र उनका श्रीमान तिर्थलाई के गर्ने कसो गर्ने भन्ने पिर पर्यो ।

    डाक्टरले ३ महिनापछि बच्चाको ओठको अप्रेसन गरेर मिलाउन सकिने बताए । डाक्टरको कुराले उनीहरुलाई राहत भन्दा पनि भारतमा बसिरहेका तिर्थ र राधिकालाई किन र के कारणले यस्तो भएको होला ? भन्ने पिरले पिरोल्यो । यस्तै चिन्ताका बीच नेपाल फर्किएका खड्का दम्पति कोरोना माहामारीका कारण भारत फर्कन सकेनन ।

  चिन्तीत रहेका उनीहरुको बच्चाको उपचार निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले गरेको छ । सुदूरपश्चिममा पहिलोपटक खुडेको यति ठूलो उपचार निसर्ग अस्पतालमा सम्भव भएको हो ।

 अस्पतालले बच्चालाई सुरक्षा मापदन्ड प्रोटोकल पुरा गरेर अप्रेसन गरेको हस्पिटलका अध्यक्ष तीर्थ पन्तले बताए । अस्पतालले पोष्ट अप्रेसन युनिट सहितको सुबिधा सम्पन्न ठाउँमा राखेर बच्चाको उपचार गरेको थियो । पेडियाट्रिक केयर सिस्टम अन्तर्गतको नेपालकै पहिलो पेडियाट्रिक ओरल एण्ड म्याग्जिलोफेसियल सम्बन्धी छुट्टै युनिट निसर्गममा स्थापना भएको हो ।

  बच्चाको जिब्रो जोडिएको, हेमान्जियोमा, चोटपटकहरु , संक्रमित घाउहरु घाँटी, अनुहार तथा मुखको सम्पूर्ण सल्यक्रिया अस्पतालले गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । त्यसैले बालिकाको उपचार वरिष्ठ मुख,अनुहार तथा बंगारा विशेषज्ञ डा दिपक ठकुराठी, एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझा, बरिस्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा. दिपक पौडेल, नाक कान घाँटी तथा हेड एण्ड नेक सर्जरी बिशेषज्ञ डा.अजय वैश्य लगायतको टिमले गरेको हो । निसर्गमा उपचार गरिएकी बालिकाको अबस्था अहिले राम्रो रहेको हस्पिटलका अध्यक्ष तिर्थ पन्तले बताए ।

 


ट्रेन्डिङ