धनगढी पोष्ट आइतबार, १२ असोज २०८३   September 27, 2026

बझाङमा बालिका करणी आरोपमा एक युवक पक्राउ

बझाङमा  बालिका करणी आरोपमा एक युवक पक्राउ

बझाङ । बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार विवेक जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्दै आएका थिए।

उक्त बालिकाले जबरजस्ती करणीको घटना बारे उजुरी दिएको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विवेकलाई पक्राउ गरेको जनाइएको छ। घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


ट्रेन्डिङ