धनगढी पोष्ट आइतबार, ०१ असार २०८२   June 15, 2025

गेटा आँखा अस्पतालद्धारा बेलडाडीमा ६४४ को  निःशुल्क आखा परिक्षण

आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकी शिविरको पर्खाईमा रहेका बिरामीहरु उक्त क्षेत्रहरुमा शिविर संचालन हुदा लाभान्वित भएका

गेटा आँखा अस्पतालद्धारा बेलडाडीमा ६४४ को  निःशुल्क आखा परिक्षण

कन्चनपुरको  बेलडाँडीमा संचालन भएको आँखा शिविरमा ६ शय ४४ जनाले आँखा उपचार सेवा लिएका छन् । आखा उपचार सेवा लिएका मध्य ८७ जनालाई मोतिविन्दुको निःशुल्क अप्रेशनको लागि गेटा आँखा अस्पताल पठाईएको छ ।

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र बेलडाँडी गाउँपालिकाको आयोजना तथा जेको फाउण्डेशनको सहयोगमा फागुन १७ गते शिवि संचालन गरिएको हो ।

आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकी शिविरको पर्खाईमा रहेका बिरामीहरु उक्त क्षेत्रहरुमा शिविर संचालन हुदा लाभान्वित भएको  गेटा आखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए । शिविरमा गेटा आँखा अस्पतालका ११ जना प्राविधिकहरुको टोलीले सेवा प्रदान गरेका थिए ।

सुदुरपश्चिम प्रदेशको अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले प्रत्येक वर्ष अस्पताल तथा यस अन्तरगत प्रदेशका ९ वटै जिल्लामा संचालित २७ वटा शाखाहरुबाट नियमित उपचार सेवाको अतिरिक्त विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोगमा प्रदेशका ९ वटै जिल्लाका ग्रामीण क्षेत्रमा आँखा उपचार सेवा शिवि संचालन गर्दै आएको छ । आखा अस्पतालले वर्षमा ५० भन्दा बढी स्थानमा आँखा शिविर संचालन गर्दै सेवा पुर्याई रहेको छ ।