धनगढी पोष्ट बिहिबार, ०५ चैत २०८२   March 19, 2026

प्याब्सनको केन्द्रिय उपाध्यक्षमा पन्त निर्वाचत

प्याब्सनको केन्द्रिय उपाध्यक्षमा पन्त निर्वाचत

निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रिय उपाध्यक्षमा ललित राज पन्त निर्वाचित भएका छन् ।

प्रतिद्धन्दी सुरेन्द्रराज ओझालाई ६० मतको अन्तरले पराजित गर्दै पन्त प्याब्सनको सुदुरपश्चिम उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

प्याब्सन सुदुरपचिमका निवर्तमान अध्यक्ष पन्तले ६ शय २३ मत पाएका छन् भने ओझाले ५ शय ६३ मत पाएका छन् ।

पन्त शारदा बिद्या निकेतन धनगढी र वेष्टर्न क्रिष्टल एकेडेमीका संचालक हुन् ।

प्याब्सनको १६ औं महाधिवेशनमानया नेतृत्वको लागि बुधवार निर्वाचन भएको हो ।


ट्रेन्डिङ