धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

प्याब्सनको केन्द्रिय सदस्यमा शाह निर्वाचित

प्याब्सनको केन्द्रिय सदस्यमा शाह निर्वाचित

निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रिय सदस्यमा टोप्न्द्र शाह निर्वाचित भएका छन् ।

प्याब्सन कैलालीका निवर्तमान अध्यक्ष शाह भुगोल (सुदुरपश्चिम ) बाट सदस्यमा बिजयी भएका हुन् । शाह कैलाली बिद्या निकेतन धनगढीका संचालक समेत हुन् ।

भुगोलबाट केन्द्रिय सदस्यमा यम प्रसाद भण्डारीअम्मराज भट्ट र चन्द्र प्रकाश न्यौपाने निर्वाचित भएका छन् ।

प्याब्सनको १६ महाविधेशमा नया नेतृत्वको लागि बुधवार निर्वाचन भएको हो ।

प्याब्सनको केन्द्रिय  उपाध्यक्ष (सुदुरपश्चि) ललित राज पन्त र केन्द्रिय सचिव यज्ञ हमाल (योगेन्द्र) निर्वाचित भएका छन् ।