धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

कैलालीबाट एक लाख ८८ हजारका सामान बरामद

कैलालीबाट एक लाख ८८ हजारका सामान बरामद

धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–१९ खेदाघाट र कैलारी गाउँपालिका–६ खरेट्टीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य एक लाख ८८ हजार दुई सय बराबरको सामान बरामद गरिएको छ।

भन्सार छलीका थान कपडा, कुर्ती, कुर्ता, ब्लाउज, पेटिकोट, लेहेङ्गा, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।