धनगढी पोष्ट सोमबार, ०५ माघ २०८२   January 19, 2026

धनगढीमा ग्यास सिलिन्डर पड्केर तीन जना घाइते

धनगढीमा ग्यास सिलिन्डर पड्केर तीन जना घाइते

धनगढी। कैलालीमा ग्यास सिलिन्डर पड्केर तीन जना घाइते भएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका मीना खड्का, उनकी छोरी २० वर्षीया चन्द्रा र ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी घाइते भएका हुन् ।

उनीहरू तीनै जनाको धनगढीकै निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए । 

प्रहरीका अनुसार मिनाको घरमा ग्यास सिलिन्डर जोड्ने क्रममा सिलिन्डर एक्कासि पड्किएको थियो । घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको जनाइएको छ । 


ट्रेन्डिङ