धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

कैलालीमा पाँच दिनदेखि बेपत्ता युवक मृत भेटिए

कैलालीमा पाँच दिनदेखि बेपत्ता युवक मृत भेटिए

धनगढी । कैलालीमा पाँच दिनदेखि बेपत्ता युवक मृत अवस्थामा फेला परेका छन्। फागुन २८ गतेदेखि बेपत्ता भएका लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने २९ वर्षीय अजय स्वर्णाकार आइतवार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले स्वर्णाकार चुहाकै चिनी मिल अगाडि मृत भेटिएका हुन्। २८ गते घरबाट निस्किएका स्वर्णाकार सोही दिनदेखि बेपत्ता थिए।

परिवारले स्वर्णाकारको खोजीका लागि भन्दै शनिबार मात्र इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन दिएका थिए। सोही क्रममा स्वर्णाकार मृत भेटिएका थिए। उनको शव परीक्षणपछि परिवारले बुुझेको प्रहरीले जनाएको छ।


ट्रेन्डिङ