धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कोरोना संक्रमित बढेपछि बझाङको केदास्यूका ६ र ७ नम्बर वडा सिल

कोरोना संक्रमित बढेपछि बझाङको केदास्यूका ६ र ७ नम्बर वडा सिल

धनगढी

 बझाङ जिल्लाको केदारस्यू गाउँपालिका वडा नम्बर–५ र ७ लाई सिल गर्ने निर्णय गरिएको छ ।

 क्वारेण्टाइनमा बसेका नागरिकलाई घर पठाउँदा त्यहाँका ६६ जनामा संक्रमण देखिएको थियो । घर गएका नागरिकमा कोरोना संक्रमण पुष्टी भएपछि वडालाई सील गरी त्यहाँका सवै नागरिकको कन्ट्याक्ट डे«सिङ गरी स्वास्थय परिक्षण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर भण्डारीले बताए ।

 ‘भारतबाट आएर क्वारेण्टाइनमा बसेका नागरिकको स्वाव संकलन भएकोमा नतिजा आउन ढिलाई हुँदा सवै घर गएछन्’ अध्यक्ष भण्डारीले भने–‘हिजो र आज आएको नतिजामा तीनैलाई कोरोना पुष्टी भयो, अव वडानै सिल गरी सवैको स्वास्थ्य परिक्षण गर्ने योजना बनाएका छौं ।’ वडा सिल गर्दै कोरोना संक्रमण पुष्टी भएका सवै नागरिकलाई स्थानीय गर्जेपानी मावि, वडा नम्बर–१ को भाटशैन मावि वा काडाचौर माविमा राख्ने तयारी भइरहेको उनले बताए ।

 ‘सिल गरिएका वडाबाट अनुमति विना कसैले घर बाहिर निष्कन पाउने छैनन्’ अध्यक्ष भण्डारीले भने–‘मेलापात जाँदा पनि भौतिक दुरी कायम गर्नुपर्ने छ ।’ केदारस्यू गाउँपालिका वडा नम्बर ६ र ७ मा शुक्रबार २५ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा शनिबार थप ४१ जनामा संक्रमण पुष्टी भएको छ ।

  पछिल्लो दुई दिनमा वडा नंम्बर १ का १ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ६ का ३२ जना र वडा नम्बर ७ का ३१ जनामा कोरोना पुष्टी भएको छ ।


ट्रेन्डिङ