धनगढी पोष्ट बिहिबार, २८ जेठ २०८३   June 11, 2026

कैलालीबाट साढे पाँच लाख बढिका भन्सार छलीका सामान बरामद

कैलालीबाट साढे पाँच लाख बढिका भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीबाट साढे पाँच लाख बढिका भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराह, धनगढी–३ मिलनचोक, धनगढी–९ त्रीवेणीघाट, धागढी–१० जुगेडा कटान र धनगढी–१५ सुर्मीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका  करिब ५लाख ५० हजार ५५० मुल्य बराबरको भन्सार छलीकमा सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त मुुल्य बराबरको भन्सार छलीका प्याज, चिनी, बिडी, सुर्ती, प्लाजु, सुटपिस, प्लाष्टिक झिल्ली, सानोरठुलो सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, बोईलर कुखुरा, अटो थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।