धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

चार लेन पुलको तटबन्ध निमार्णका लागि कञ्चनपुरमा बिरोध

चार लेन पुलको तटबन्ध निमार्णका लागि कञ्चनपुरमा बिरोध

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथि बनेको चार लेन पुलको तटबन्ध निमार्णका लागि बिरोध गरिएको छ।

पुलको तटबन्ध (बाँध) भत्किएको महिनौं बितिसक्दा समेत सम्बन्धित निकायले निर्माण कार्यमा ध्यान नदिएको हुनाले दवाब स्वरुप बिरोध प्रदर्शन गरिएको स्थानियले बताएका छन्।

शनिवार बिहान बिरोध प्रदर्शन हुँदा आधा घण्टा सडक अबरुद्ध भएको थियो। अहिले भने सडक सुचारु भइसकको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

गत भदौमा महाकाली नदीमा आएको बाढीले निर्माणाधीन चार लेन महाकाली पुलको तटबन्ध भत्काएको थियो।

भत्किएको तटबन्ध समयमै पुनर्निर्माणका लागि स्थानीयले असोजदेखि नै माग अघि सार्दै आइरहेको भएपनि अहिले सम्म निर्माण भएको छैन्।