धनगढी पोष्ट मङ्गलबार, १३ साउन २०८३   July 28, 2026

धनगढीमा सिनियर टी–२० क्रिकेट प्रतियोगिता हुँदै

धनगढीमा सिनियर टी–२० क्रिकेट प्रतियोगिता हुँदै

धनगढी । धनगढीको फाप्ला क्रिकेट मैदानमा टिम ११ संस्कार क्रिकेट लिग टी–२० सिनियर प्रतियोगिता आयोजना हुने भएको छ। यही चैत ३० देखि वैशाख ७ गतेसम्म हुने प्रतियोगितामा जम्मा १३ वटा टिमहरू सहभागी हुने छन्। 

प्रतियोगिताको आयोजना कैलालीको गोदावरी नगरपालिका–८ अन्तर्गत रहेको संस्कार विद्याश्रम मोन्टेश्वरी स्कुलले गरेको हो भने मुख्य प्रायोजक टिम ११ काठमाडौँबाट समर्थन प्राप्त भएको बताइएको छ।

पुरस्कार वितरणमा विजेतालाई १ लाख ११ हजार १ सय १ रुपैयाँ, उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार प्रदान गरिनेछ।

साथै, उत्कृष्ट बलर, ब्याटर, र राइजिङ प्लेयरलाई ३ हजार ५ सय ५५ रुपैयाँ र प्लेयर अफ द म्याचलाई १ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ।

प्रतियोगिताका संयोजक रामचन्द्र शाहीले प्रतियोगिता सफल बनाउन सबैलाई आग्रह गरे । शाहीले धनगढीमा विगत १० वर्षदेखि नियमित रूपमा क्रिकेट प्रतियोगिताहरू सञ्चालन गर्दै आएका छन्। ग्रासरुटबाट क्रिकेटको विकासमा उनी लागि परेका छन्।