धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

कैलाली र कञ्चपुरबाट भन्सार छलीका सामान बरामद

कैलाली र कञ्चपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब २२ हजार ६५० बराबरको सुटपिस, प्लाजु, सुर्ति लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, कञ्चनपुरको पुनर्वास नगरपालिका–११ टाउके बजारबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ३७ हजार मूल्य बराबरको सुर्ती प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


ट्रेन्डिङ