धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

कैलालीमा आगलागीबाट अढाई लाखको क्षति

कैलालीमा आगलागीबाट अढाई लाखको क्षति

धनगढी । कैलालीको टीकापुरमा आगलागी हुँदा अढाई लाखको क्षति भएको छ ।

टीकापुर नगरपालिका– ६ पानिमुलाका ६० वर्षीय महा लुहारको काठले बनेको टिनले छाएको दुई कोठे कच्ची घरको भान्सा कोठामा शनिवार साँझ आगलागी भएको हो ।

आगलागीबाट खाद्यान्न, भाँडा बर्तन, लत्ताकपडा लगायतका सामानहरू जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगलागी स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
 


ट्रेन्डिङ