धनगढी पोष्ट मङ्गलबार, ०३ असार २०८२   June 17, 2025

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टी

सुदूरपश्चिममा थप ४८ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी
 सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशा काठमाण्डौंमा गरिएको परिक्षण्मा २३, शुक्रराज ट्रपिकल अस्पतालको प्रयोगशालामा १ , डडेलधुरा अस्पतालको प्रयोगशालामा १ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २३ जनामा कारोना संक्रमण पुष्टी भएको छ ।

 मन्त्रालयका प्रबक्ता डाक्टर जाशेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा बझाङका २, डोटी ११ र कैलाली १० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यसै गरी शुक्रराज ट्रपिकल अस्पताको प्रयोगशालामा गरिएको परिक्षणमा दार्चुलाका १ र डडेलधुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा डोटीका १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 
 यसै गरी सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका २२ र बैतडीको पाटनका १ जना गरी २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज थपिएका संक्रमित हरुमा धनगढी उप–महानगरपालिका र मोहन्याल गाउँपालिकाका दुई÷दुई गरी ४ जना पुरुष, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र जोशी पुर गाउँपालिकाका १÷१ गरी तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।

 यसै गरी आज नै कैलालीको बर्दगोरिया गाउँपालिकाका तीन महिला र ५ पुरुष गरी ८ जना तथा टिकापुर नगरपालिकाका दुई महिला र ५ पुरुष गरी ७ जना तथा बैतडीका १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।