धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–बुटाबारीबाट भारत बाट नेपाल तर्फ आउँदै गरेको भारत उत्तर प्रदेश पिलिभित जिल्ला नवदिया दुर्जनपुर बस्ने ३९ वर्षीय कुलदिप सिंहले चलाएको युपि २६ ए डब्ल ३१८६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाईकलको पछाडी सवार सोही ठाउ बस्ने ६० वर्षीय बेचनलाल पाशमान पक्राउ परेका हुन्।

उनिहरुको साथबाट १६।३४ ग्राम लागुऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित दुबै जनालार्इ इलाका प्रहरी कार्यालय बेलौरीले नियन्त्रणमा लिएको जनाइएको छ।


ट्रेन्डिङ