धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीमा विदेशी नागरिक मृत भेटिए

कैलालीमा विदेशी नागरिक मृत भेटिए

धनगढी । टुरिस्ट भिसामा नेपाल आएका विदेशी नागरिक कैलालीमा मृत फेला परेका छन् । बिहीबार राति साढे ९ बजे इंग्ल्यान्डका ६५ वर्षीय स्पेफन गोर मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार गोर बर्दगोरिया गाउँपालिका–४ नोमाबोझीमा मृत भेटिएका हुन् ।

‘उनी गत कात्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बस्दै आएका थिए,’ डीएसपी बोहराले भने, ‘बिहीबार राति आफ्नै कोठामा उनी मृत भेटिएको हुन् ।’

डीएसपी बोहराका अनुसार मृतक गोरको शव परीक्षणका लागि टीकापुर अस्पताल पठाइएको छ । 


 


ट्रेन्डिङ