बेलौरी नगरपालिकामा अनियमितताको आरोप

उजुरी पछि अख्तियारले अनुसन्धान गर्दै

उजुरी पछि अख्तियारले अनुसन्धान गर्दै

धनगढी

  कञ्चनपुरको बेलौरी नगरपालिकामा भएको अनियमितता सम्वन्धमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरले चासो देखाएको   छ ।

  नगरपालिका भित्र निर्माण भएका तथा निर्माणाधीन योजनाहरुमा अनियमिता भएको उजुरी परेपछि अख्तियारले चासो देखाएको हो । नगरपालिकाको वडा नम्बर ९ डाँडाकुण्डामा सडक ग्राभेल, निर्मल आर्यघाटदेखि चिनीमिल जाने सडक तटबन्ध लगायत विभिन्न योजनाहरुबारे अख्तियारमा उजुरी परेपछि थप अनुसन्धानका लागि अख्तियारको टोली  बेलौरी पुगेको हो ।

  अख्तियारले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम दत्त भट्टसँग नगरपालिका भित्र निर्माण भएका तथा निर्माणाधीन योजनाहरुमा अनियमिता भएको बारेमा जानकारी लिएको छ ।   आयोग महेन्द्रनगरका निमित्त कार्यालय प्रमुख महेश पाण्डेयले उजुरीमाथि थप अनुसन्धान गरी आवश्यक कारबाही गरिने बताए ।  विकास निर्माणका योजना संग संगै कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि समेत करोडौँ रकम खर्च भइरहँदा उक्त व्यवस्थापन एवम् खरिद प्रकरणमा सोत कर्मचारीको मनोमानी र नीतिगत भ्रष्टाचारको बढ्दै गईरहेको स्थानीयले आरोप लगाएका छन् ।