सहसचिवमा नियुक्त भएर सुदुरपश्चिमबाट जान लागेका सुदुरपश्चिम प्रदेशको सुदुरपश्चिम भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका दुई उपसचिवरुलाई चार व्यवसायिक संस्थाहरुले आइतबार धनगढीमा बधाई तथा बिदाई गरेका छन् । मन्त्रालयका कार्यरत उपसचिव गोकुल बोहरा र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीका प्रमुख उपसचिव डा. हेमराज अवस्थीलाई नेपाल डेरी एशोसिएसन, नेपाल बीउ व्यवसायी संघ, नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ र बिषादी व्यवसायी संघले बधाई ज्ञापन गर्दै बिदाइ गरेका हुन् ।
बोहरा र अवस्थी लोकसेवाको परिक्षा उत्तीर्ण गरे सहचिवमा नियुक्त भएका छन् । २०६७ सालमा सरकारी सेवामा प्रवेश गरेका दुवै जनाले सहसचिवको परिक्षापनि एकैसाथ उत्तीर्ण गरेका हुन् । बोहरा र अवस्थीले सेवाको अधिकांश समय सुदुरपश्चिममा नै बिताएका छन् ।
सो अवसरमा नेपाल बीउ व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष एवम सुदुरपश्चिम प्रदेश अध्यक्ष बिष्णु राज बुर्लाकोटीले बोहरा र अवस्थी सुदुरपश्चिमा रहदासम्म प्रदेश सरकारसँग काम गर्न सहज भएको बताए । व्यवसायीहरुका सबै काम र गुनासाहरुको सुनुवाई भएको बताउदै बुर्लाकोटीले वहाहरुको अभाव महशुुश भैरहने बताए ।
नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष यज्ञराज बास्तोलाले बोहरा र अवस्थीले व्यवसायीहरुमा काम गर्न सहज अवस्थाको निर्माणमा उल्लेखनीय भुमिका खेलेको बताए ।

नेपाल बीउ व्यवसायी संघ सुदुरपश्चिम प्रदेशका महासचिव लोकेश भट्टले स्दुरपश्चिमका व्यसायीहरुले अवस्थी र बोहराको व्यवसायमैत्री व्यवहार सधै सम्झिरहने बताए ।
नेपाल डेरी एशोसिएसनका केन्दिय उपाध्यक्ष कर्ण हमालले संघीयता लागु भएदेखि नै सुदुरपश्चिममा रहेका दुवै जनाले व्यवसायीहरुकोल लागि सहजता निर्माणमा महत्वपुर्ण भुमिका खेलेको बताए ।
सो अवसरमा सहसचिव बोहराले जागीरको अधिकांश समय सुदुरपश्चिम प्रदेशमा नै बिताएकाले प्रदेशलाई राम्रोसँग जान्न पाएको बताउँदै सुदुरपश्चिमका लागि सकेसम्म राम्रो गर्ने प्रयास रहने बताए ।
सहसचिव अवस्थीले सुदुरपश्चिममा पर्र्याप्त सम्भावना रहेको र यसको बिकासका लागि सरकार निजी क्षेत्र मिलेर अघि बढ्नु पर्ने बताए ।
नेपाल बीउ व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष एवम सुदुरपश्चिम प्रदेश अध्यक्ष बिष्णु राज बुर्लाकोटीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सँचालन नेपा डेरी एशोसिएसनका सुदुरपश्चिम प्रदेश अध्यक्ष भुपेन्द्र थापाले गरेका थिए ।