धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

मोहना नदीमा वेपत्ता धनगढीका दुई जनाको खोजी कार्य जारी

धनगढी

  आईतबार दिउसो देखि मोहना नदीमा बेपत्ता भएका धनगढीका दुई किशोरको खोजी कार्य जारी रहेको छ । मोहना नदीमा पौडि खेल्ने क्रममा धनगढी उप–महानगरपालिका वडा नम्बर १३ का दुई किशोरीमा वेपत्ता भएको प्रहरीले जनाएको  छ ।

 जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले वडा नम्बर १३ श्रीलंकाका १२ वर्षीय किशोर अरुण चौधरी र १५ वर्षीय सन्दिप चौधरी नदीमा वेपत्ता भएको बताए । आईतबार दिउसो बेपत्ता भएका उनीहरुको बारेमा प्रहरीलाई आईतबार बेलुका मात्र खबर भएको प्रहरी नायब उपरिक्षक  विष्टले बताए ।

बिष्टले उनीहरुको आईतबार वेलुका देखि खोजी भईरहेको तर अहिले सम्म फेला नपरेको बताए । 


ट्रेन्डिङ