धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ मिलन चोक नजिक र टीकापुर नगरपालिका–९ पुरानो भन्सारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९० हजार बराबरको सामान बरामद गरिएको हो।

भन्सार छलीको कुर्ती, दोपट्टा, सुटपिस, साडी, चप्पल, मिठाई, चक्लेट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।