सृजनशील सहकारीद्धारा कर्मचारीहरुलाई  ऋण व्यवस्थापन तालिम सँचालन

सृजनशील सहकारीद्धारा कर्मचारीहरुलाई  ऋण व्यवस्थापन तालिम सँचालन

सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संचालन गरेको  ऋण व्यवस्थापन तालिम शनिबार धनगढीमा सम्पन्न भएको छ । जर्मन सरकार र युरोपियन युनियनको आर्थिक सहयोगमा जिआइजेड र यसका साझेदार ंसंस्थाहरुद्धारा संचालन भैरहेको  रिप ग्रीन परियोजना अन्तर्गत दुई दिनसम्म संचालन भएको उक्त तालिममा सृजनशील सहकारीका ४५ कर्मचारीको सहभागिता रहेको थियो ।

अहिलेको अवस्थामा कर्मचारीहरुलाई दक्ष बनाएर ऋण लगानी गर्न र लगानी असुल गर्न  तालिम संचालन गरिएको सृजनशील बचत तथा ऋण सहकारीका कार्यकारी प्रमुख मदन भट्टले बताए ।

सहकारीको बिकास र सफलतामा महत्वपुर्ण भुमिका हुने कर्मचारीहरुको क्षमता अभिबृद्धिका लागि  सहकारीले बिभिन्न कार्यक्रमहरु गदै आएको छ ।’ कार्यकारी प्रमुख भट्टले भने  ‘कर्मचारीलाई दक्ष बनाएर ऋणको लगानी र असुलीको सही व्यवस्थापन गर्न तालिम संचालन गरेका हौं ।’

निमित्त सहकारी रजिष्टार  देवराज पन्तले  बचत तथा ऋण सहकारीहरु मध्य सृजनशील सहकारीमा सुदुरपश्चिममा सबै भन्दा बढी बचत र ऋण कारोवार रहेको बताए ।

सृजनशीलले असल काम गरेको र आगामी दिनमा अझै राम्रो भएर जान आवश्यक रहेको पन्तले बताए ।

राष्टिय सहकारी बैंकका सुदुरपश्चिम प्रमुख दिनेश गेलालले  सहकारीमा नियमित कारावार गरिरहेकाहरुलाई  ऋण दिंदा असुली पनि सहज रुपमा हुने गरेको बताए । ऋण लिनकै लागि शेयर सदस्यता लिनेहरुलाई सदस्यता लिएको निश्चित समयपछि मात्र ऋण दिने व्यवस्था गरेमा र पहिलो किस्ता नआउने बित्तिकै  सक्रियता बढाएमा असुली हुने सम्भावना बढी रहने गेलालले बताए ।

सृजनील सहकारीका अध्यक्ष शिवराज भट्टले सहकारी ठुलो हुदै गएकोले यसलाई अझै बलियो बनाउन कर्मचारीहरुलाई क्षमता बृिद्धमा लगानी बढाउने बताए ।

सहकारीका अध्यक्ष शिवराज भट्टको अयक्षतामा भएको उक्त कार्यक्रममा प्रशिक्षक तेज प्रसाद बजगाई, सहभागी दिपा रावल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संचालन सहकारीका कार्यकारी प्रमुख मदन भट्टले गरेका थिए ।