धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025

डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जना घाइते

डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जना घाइते

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चामा चौडमा मंगलबार साँझ जिप दुर्घटनामा दुई  जना गम्भीर घाइते भएका छन्।

से १ ज ७३८ नम्बरको जिप सदरमुकामबाट बिजयसैनी यात्रु छोडेर घरतर्फ जाने क्रममा दुर्घटना हुँदा चालक नवदुर्गा – ५  चौडका राम बहादुर  साउद र जिपमा सवार नवदुर्गा – ५ कणेलीका भरत बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।