धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरि ८ जनामा कोरोना संक्रमण, उपमहानगरपालिका कार्यालय शिल

नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरि ८ जनामा कोरोना संक्रमण, उपमहानगरपालिका कार्यालय शिल

नेपालगन्ज

    नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाको कार्यालय सोमबारदेखि शिल गरिएको छ ।

   एक जना वडा अध्यक्ष र सात जना कर्मचारीमा कोरोना संक्रमण देखिएको नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामागरले बताइन् । संक्रमित हुने जनप्रतिनिधि नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजाल हुन् ।

   नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार ७ जना कर्मचारी संक्रमित भएकोमा ६ जना अधिकृत स्तरका कर्मचारी हुन् । ३   जना वडामा कार्यरत छन् भने अन्य ४ जना उपमहानगरपालिकाको कार्यालयका हुन् ।

  साउन १६  मा नेपालगन्ज उपमहानगर परिसरमा जनप्रतिनिधि र कर्मचारी गरी ६५ जनाको स्वाब संकलन गरिएको थियो ।

 


ट्रेन्डिङ