धनगढी पोष्ट सोमबार, ०८ मङि्सर २०८२   November 24, 2025

धनगढीको नाष्ट कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

धनगढीको नाष्ट कलेजबाट नक्कली परीक्षार्थी पक्राउ

धनगढी । कैलालीको धनगढीस्थित नाष्ट कलेजबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेकी छन्।

अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा  गोदवारी नगरपालिका वडा नम्बर ९ की १९ वर्षीया सृजना बोहरा पक्राउ परेकी हुन्।

शुक्रवार कक्षा १२ को परीक्षा दिइरहेकी बोहरालाई प्रहरीले पक्राउ गरिएको जनाएको हो।

उनले एलिजा शाहीको नाममा परीक्षा दिइरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। बोहरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।