धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु

बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु

धनगढी । बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा शुक्रवार बिहान घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किदा गम्भीर घाइते भएकी थिइन्।

उनलाई उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो। तर, चिकित्सकले मृत घोषणा गरेका हुन्।

विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


ट्रेन्डिङ