धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डोटीमा साइकलबाट लडेर एक बालकको मृत्यु

डोटीमा साइकलबाट लडेर एक बालकको मृत्यु

डोटी । डोटीमा शनिवार साँझ साइकलबाट लडेर एक बालकको मृत्यु भएको छ। जिल्लाको केआई सिंह गाउँपालिका–४ बाजकोट बस्ने १३ वर्षीय सुशील बिष्टको मृत्यु भएको हो।

वायल बजारबाट साइकलमा घर फर्किने क्रममा लडेर सडकबाट २० मिटर तल खसी बिष्टको टाउमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनलाई उपचारका लागि डडेलधुरा अस्पतालमा पु¥याइ जाँच गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।


 


ट्रेन्डिङ