धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीबाट भन्सार छलीका सामान बरामद

कैलालीबाट भन्सार छलीका सामान बरामद

धनगढी । धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी–३ ब्यारेल, धनगढी–७ मनेहरा र टीकापुर–७ सत्तिबजार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य एक लाख १७ हजार ३१० बराबरको सामान बरामद गरिएको छ।

भन्सार छलीको प्याज, मिश्री, धुप, ताला, कुर्ती, सुरवाल, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।


ट्रेन्डिङ