धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । प्रदेश सरकारले आगामी जेठ ११ गतेबाट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख नजिर मियाँलाई सिफारिस गरेको हो । 

बिहीबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले जेठ ११ गते ११ बजे बैठक बस्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।

अघिल्लो अधिवेशन चैत २५ गते राति १२ बजेबाट लागु हुने गरी अन्त्य भएको थियो ।