धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ

कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ

धनगढी । कैलालीबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर क्षेत्रबाट तीन जना पक्राउ परेका हुन्।

टीकापुर नगरपालिका–१ नयाँवस्ती क्षेत्रबाट ३० वर्षीय छत्र साउँद पाँच ग्राम २० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

यस्तै, टीकापुर नगरपालिका–१ कान्छी बजारबाट ३१ वर्षीय संजिप चौधरी र २७ वर्षीय दुर्गा प्रसाद चौधरी ४० मिलिग्राम लागुऔषधसति पक्राउ परेका छन्।

उनीहरूलाई इलाका प्रहरी कार्यालय, टीकापुरको टोलीले शुक्रवार पक्राउ गरेको हो।

 


ट्रेन्डिङ