धनगढी पोष्ट शनिबार, ११ असोज २०८३   September 26, 2026

डोटीमा चट्याङ लागेर महिलाको मृत्य, एक घाइते

डोटीमा चट्याङ लागेर महिलाको मृत्य, एक घाइते

डोटी । डोटीमा चट्याङ लागेर एक महिलाको मृत्य भएको छ। पुर्विचौकी गाउँपालिका–२ वाडी बस्ने ४० वर्षीया देउमती साउँदको आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमवार साँझ चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङ लागी घाईते भएकी साउँदलाई उपचारको लागी जिल्ला अस्पताल डोटी पु¥याई चेकजाँच गर्दा चकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बताएको छ।

यस्तै एक महिला घाईते भएकी छिन्। सोही ठाँउ बस्ने बगलेक स्वास्थ्य चौकी डोटीमा कार्यरत अनमि ३५ वर्षीया अस्मिता ओली बिष्ट घाइते भएकी छिन्। बिष्टलाई थप उपचारको लागी धनगढी रिफर गरेको प्रहरीले जनाएको छ।


ट्रेन्डिङ