धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025

कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

धनगढी । कैलालीमा सवारी दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्लाको टीकापुर नगरपालिका–७ को बटनपुरस्थित भित्री सडकखण्डमा जेठ २ गतेको बिहान करिब १० बजे पैदल हिँडिरहेकी ४० वर्षीया दिपा चौधरीलाई १८ वर्षीय लोकेन्द्र साउँदले चलाएको से७ प६९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट चौधरीको टाउको र भित्री अंगमा गम्भीर चोट लागेको थियो।

घाइते चौधरीलाई तत्काल टिकापुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज, बाँके रिफर गरिएको थियो।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उपचारकै क्रममा बिहीवार दिउँसो चौधरीको मृत्यु भएको जनाएको छ।