धनगढी पोष्ट शुक्रबार, ०६ चैत २०८२   March 20, 2026

कञ्चनपुरका युवक उखुबारीमा मृत फेला

कञ्चनपुरका युवक उखुबारीमा मृत फेला

कञ्चनपुर । कञ्चनपुरका एक युवक उखुबारीमा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-१ बैशाखी बस्ने २९ वर्षीय गोपाल लुहार मृत अवस्थामा फेला परेका हुन्। 

लुहार घरबाट अन्दाजी ५०० मिटर टाढा आफ्नै उखुबारीमा मंगलवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।


ट्रेन्डिङ