धनगढी पोष्ट सोमबार, ०२ असार २०८२   June 16, 2025

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। जिल्लाको जानकी गाउँपालिका–४ कुलरिया खोलाको कल्भर्टबाट सोही ठाउँ बस्ने ३२ वर्षीय गोपाल वडायक पक्राउ परेका छन्।

वडायकलाई २७० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

धनगढी उपमहानगरपालिका–१ कैलाली पुल नजिकबाट सोही ठाउँ बस्ने २३ वर्षीय मनिष कुरैनी र धनगढी उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीय दिपेन्द्र थापा पक्राउ परेका छन्।

यी दुबै जनालाई ३१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यसैगरी टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिक सडकखण्डबाट लम्कीचुहा नगरपालिका–१ मोतिपुर बस्ने १८ वर्षीय किशोरलाई ४ ग्राम ८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ।

किशोरलाई इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

बुधवार पक्राउ परेका यी चारै जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।