धनगढी पोष्ट बुधबार, १४ साउन २०८३   July 29, 2026

बैतडीमा १५ लाख ३० हजारको बिडीसहित दुई जना पक्राउ

बैतडीमा १५ लाख ३० हजारको बिडीसहित दुई जना पक्राउ

बैतडी । बैतडीमा १५ लाख ३० हजारको ११ पेटी बिडीसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको पुर्चौडी नगरपालिका–१० बिजयपुरबाट पुर्चौडी नगरपालिका–१ बसपार्क तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १७१३ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १५ लाख ३० हजार बराबरको बिडी ११ पेटी र उक्त जिपसहित चालक बैतडीको सिगास गाउँपालिका–२ बस्ने २२ वर्षीय मान सिंह धामी र जिपको साहु पुर्चौडी नगरपालिका–१० बस्ने २८ वर्षका दिनेश महरालाई प्रहरीले पक्राउ गरेको छ।

दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले पक्राउ गरेको जनाएको छ।

नियन्त्रणमा लिएको उक्त सामान, जिप र दुबै जनालाई आवश्यक कारबाहीको लागि महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाउने कार्य भईरहेको प्रहरीले जनाएको छ।