धनगढी पोष्ट आइतबार, ०१ असार २०८२   June 15, 2025

माहौर वैश्य सेवा समिति गठन, अध्यक्षमा मुकेश गुप्ता

माहौर वैश्य सेवा समिति गठन,  अध्यक्षमा मुकेश गुप्ता

धनगढीमा हालै भएको एक भेलाले मुकेश गुप्ताको अध्यक्षतामा माहौर वैश्य सेवा समिति गठन गरेको छ । अध्यक्ष गुप्ता प्रान्जल ट्रेडर्सका संचालक हुन् ।

उक्त तदर्थ उपाध्यक्ष ज्ञानेन्द्र गुप्ता, महासचिव राकेश गुप्ता, सचिव अमित गुप्ता र कोषाध्यक्ष महेन्द्र गुप्ता रहेका छन् ।

निर्विरोध चयन भएको कार्यसमितिको सदस्यमा शिवम गुप्ता, रामनिवास गुप्ता, राजेन्द्र गुप्ता र राम जिमल गुप्ता रहेका छन् ।

पारिवारिक रुपमा एकताबद्ध हुन र सामाजिक काम गर्न समितिको गठन गरिएको समितिका अध्यक्ष मुकेश गुप्ताले बताए । ‘हामी एकै परिवारका गुप्ताहरु बिगत लामो समयदेखि धनगढीमा व्यवसाय गरेर बसिरहेका छौं । तर संगठित थिएनौं ।’ अध्यक्ष गुप्ताले आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भने  ‘त्यसैले अब एकतावद्ध भएर पारिवारिक वातावरण तयार गर्छौ र सामाजिक कामपनि गर्छौ ।’

समितिका महासचिव राकेश गुप्ताले छरिएर रहेका एकतावद्ध गरेर सामाजिक काममा पनि अब जोडिने बताए ।  ‘एकल रुपमा सामाजिक का त हामी सबैले गर्दै आएका छौं ।’ महासचिव गुप्ताले भने ‘तर  अब  संगठित रुपमा सामाजिक काम गर्छौ ।’