धनगढी पोष्ट आइतबार, ०१ असार २०८२   June 15, 2025

आगलागीबाट ३५ पसल जले, ७ करोड ७८ लाखको क्षति

आगलागीबाट ३५ पसल जले, ७ करोड ७८ लाखको क्षति

बाजुरको बुढीगङ्गा नगरपालिका–६ बाम्का बजारमा भएको आगलागीमा आगलागी हुँदा ३५ पसल जलेर नष्ट भएका छन् । आगलागीबाट ८ करोड ७८ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर शुक्रवार भएको आगलागी नियन्त्रण हुन नसक्दा बजारका सबै पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले जानकारी दिए । सबै पसलको विवण संकलन गर्दा  आठ करोड ७७ लाख ६५ हजार क्षति भएको जानकारी प्राप्त भएको प्रहरी निरीक्षक चौधरीले बताए ।

प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किनारा पसलको एक करोड ८० लाख क्षति भएको छ । यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको एक करोड ५० लाख, छत्र थापाको एक करोड ५०लाख र धनबहादुर साउदको एक करोड ५० लाख क्षति भएको विवरण सङ्कलन भएको प्रहरी निरीक्षक चौधरीले बताए ।

आगलागीबाट दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलको क्षतिको मुल्यय खुल्न सकेको छैन । आगलागीबाट फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुुस्तक पसल र होटेल जलेर नष्ट भएको प्रहरी निरीक्षक चौधरीको भनाइ छ । आगलागीबाट भगतराज गिरीको सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल जलेर नष्ट भएको छ ।